जोन्सनको २१ लाखभन्दा बढी खोप नेपाल ल्याइयो

काठमाडौँ । जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ ।

बिहीबार जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो।

यो खोप कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो ।

तस्वीर : उज्यालो अन्लाईन

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर