जागिरको प्रलोभन दिएर रकम माग्ने १ जना विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१० बसपार्कबाट ठगीमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक–पटक गरी नगद १ लाख ७३ हजार रकम ठगी गरेका थिए । उनले जागिरको प्रलोभनमा रकम माग गरेको पीडितको भनाइ छ ।

पक्राउ परेका अर्यालको विषयमा जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मंसिर २९, २०७८, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर