विराटनगर । प्रदेश १ का युवा व्यवसायी श्यामसुन्दर पौडेल (मिलन)ले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्वारी दिएका छन् । उनले आफ्नो निर्वाचन केन्द्रित अभियानलाई तीब्र पार्दै हाल पोखरा पुगेका छन् ।
आफ्नो उम्मेद्वारीको प्रवर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको १६१ शाखामध्ये अधिकांश शाखा भ्रमण गरी अध्यक्षलगायतको टीमलाई भेटी आफ्नो उम्मेद्वारी किन र के का लागि ? भन्ने बारेमा जानकारी गराउँदै भोट माग्ने क्रम सकाएका छन् ।
पौडेलको उद्देश्य युवालाई उद्यमशिल बनाएर गरि खान सक्ने बनाउनु रहेको छ । जेसिज तालिमको माध्यमबाट युवालाई परिस्कृत र परिमार्जित गरेर समाजमा नेतृत्व गर्न सक्ने युवा उत्पादन गर्ने र युवालाई उद्यमशिल बनाउने उनको तर्क छ ।
विराटनगरको स्थानीय मोरङ सहकारी अस्पताल, कोशी हेल्थ ईन्स्टिच्युट, कोशी हेल्थ एन्ड साइन्स क्याम्पस, मिलन ट्रेड एन्ड सप्लायर्स लगायतका विभिन्न संस्थाका संचालक रहेरका पौडेल लायन्स क्लब अफ विराटनगर मोरङका पूर्व अध्यक्षसमेत हुन् ।
सन २०१७ मा विराटनगर जेसिजको अध्यक्ष बने पश्चात् सन २०१८ मा नेपाल जेसिजको उपाध्यक्षमा उच्च ल्याएर उनी निर्वाचित भएका थिए । यस्तै नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा सन् २०१९ मा निर्वाचित भएका थिए । उनले विभिन्न २६ भन्दा बढी देशको भ्रमण समेत गरिसकेका छन् ।
नेपाल जेसिजको राष्ट्रिय अधिवेशन यहि पौष १, २, ३ र ४ गते पोखरामा सम्पन्न हुँदैछ । जसमा देशभरका जेसिजका १ सय ६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्नेछन् ।