विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट’मा विराटनगरको एभरेष्ट बोर्डिङ स्कूल र डन बस्को स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा एभरेष्टले विराटनगरको गौतमबुद्व स्कूललाई ३–१ गोलले पराजित गरि एभरेष्ट क्वाटरफाइनलमा पुगेको हो ।
जितको लागि आयुष श्रेष्ठ, अंकित राई र अशोक मण्डलले १र१ गोल गरेका थिए । गौतमबुद्वका दिवस राईले शान्तवना गोल फर्काए । खेल म्यान अफ द म्याच गौतम बुद्वका दर्न लामा घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा विराटनगरको डनबस्को र युनिक स्कुल बिच थियो । युनिक खेल्न नआएपछि डनबस्को स्कुलले वाकओभर पाउदै बिजय बन्यो । बुधबार पहिलो खेल विराटनगरको मोडन ऐरा र गोदावरीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल सनरे र जनक स्कूल बिच हुनेछ ।