काठमाडौँँ । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ भने मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ ।
भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् ।
राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको हो ।
सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।
पहिलो चरणमा अग्रस्थानमा भोट ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवम् सभापति देउवाले दुई हजार दुई सय ५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले एक हजार सात सय दुई मत प्राप्त गर्नुभएको थियो ।
तस्विर :उज्यालो अनलाईनबाट