काठमाडौं । तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।
यसअघि पहिलो दुई घण्टा (१ बजेभित्र) ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयो । जसका कारण मंगलबार निर्धारित समय अगाडि नै कारोबार बन्द भएको हो ।