तीन जना डिआइजी एआइजिमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना डिआइजी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी)मा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरु शैलेश थापा, हेमन्त पाल र तारिणिविक्रम लम्साललाई एआइजीमा बढुवा गर्ने निर्णय भएको हो । गत फागुन १५ गते गृह मन्त्रालयका सहसचिव महेश्वर न्यौपाने संयोजकत्वको समितिले तीनै जनालाई बढुवाको सिफारिस गरेको थियो । प्रधामन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर लामो समय अस्पतालमा बस्नुपरेपछि सिफारिस अनुमोदन हुन ढिलाइ भएको थियो ।

यसअघि नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि हुनुहुन्थ्यो ।

अबको ४ महिनापछि हाल बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्नुहुनेछ । लम्सालको भने उमेर हदका कारण त्यस अघि नै अबकास हुनेछ ।

मङ्गलबार, ११ चैत, २०७६, रातीको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर