विराटनगर विमानस्थल विस्तारका लागि बजेट व्यवस्था गर्ने मन्त्री आलेको भनाइ

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै सो कुरा मन्त्री आलेले बताएका हुन् । उनले आगामी आइतबार वस्ने क्यानको वैठकबाट सो सम्वन्धि निर्णय गरिने जानकारी दिए ।

मन्त्री आलेले विराटनगर विमास्थललाई विस्तारका लागि नेकपा९एकिकृत समाजवादी० पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत निर्देशन दिनु भएको हुनाले सो सम्वन्धमा आवश्यक कार्य गर्ने प्रतिवद्धता जनाए ।

उनले विराटनगर विमानस्थलमा विस्तारमाका अधिग्रहण गरिने जग्गाको मुआव्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व गठन गरिएको समितिको निर्णय अनुसार गरिने बताए । विराटनगर विमानस्थल विस्तारका सम्वन्धमा जिटुजि, वुट तथा इपसियु तीन मोडल मध्ये एकको आधारमा कार्य गरिने जानकारी मन्त्री आलेले दिए । उनले नेपालमा हाल संचालनमा रहेका ३५ विमानस्थलका विस्तार, सुदृढीकरणका सम्वन्धमा उक्त्त वैठकले निर्णय गर्ने जानकारी दिए ।

मन्त्री आलेले विराटनगर विमानस्थलमा यात्रु सामान ढुवानीमा परेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने त्यसका लागि लाग्ने बजेट निकासा गर्ने बताए । मन्त्रीले आले विराटनगर विमानस्थलको टिकट कक्षलगायत अन्य अन्य क्षेत्रको निरीक्षण गरी गर्नु पर्ने सुधारका लागि आवश्यक पहल गर्न निर्देशन समेत दिए ।

शुक्रबार, २४ मंसिर, २०७८, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर