‘अर्लि’ निर्वाचनको सम्भावना छैन : माधव नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अर्लि निर्वाचनको सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन् ।

अर्ली निर्वाचनको सम्भावना नरहेको बताउँदै उनले ,‘यो कसैकसैको चाहाना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउँला भन्ने कसैकसैले सपना देखिरहेका होलान यो सपना विपना हुने वाला छैन ।’

‘सबै तिर गुम्दै गएको हुँदा पीडा बोलेको हो, यथार्थ बोलेको होइन्,’ उनले थपे । अध्यक्ष नेपालले देशमा गठबन्धनको संस्कार बस्ने बताउँदै गठबन्धनमै निर्वाचनमा जाने अवस्था रहेको दाबी गरे ।

काँग्रेसका कुनै पनि नेताहरुले तालमेल गर्नुहुँदैन भन्ने अफूले नसुनेको बताउँदै उनले भने, ‘यस्तो अवस्थामा धेरैधेरै सिट ओगट्नु भन्दा सम्भव भएका सिटमा प्रत्येकले दावा गर्नु ठिक हुन्छ भन्ने बारेमा कुरा चलिहरेको र राय परामर्श भइरहेको मैले पाएको छु ।’

तपाईहरु एक्लै चुनावमा जान नसक्ने निष्कर्षका साथ गठबन्धनको कुरा गर्नुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा नेपालले त्यस्तो नभएको बताए । ‘पहिले काँग्रेस र माओवादीको गठबन्धन भएको थियो पछि एमाले र माओवादीको गठबन्धन भएको थियो के पत्तासाफ हुन्छ भनेर गठबन्धन भएको थियो र ?’ ०७४ सालको निर्वाचनलाई स्मरण गर्दै उनले भने, ‘की चुनावमा बढी सिट प्राप्त हुन्छ भनेर गठबन्धन गरेको थियो चुनावमा दुइपक्षलाई लाभ होला भनेर गठबन्धन गरेको होला नि पहिले गर्दा जायज आज गर्दा नाजायज हुन्छ ?’

सोमबार, २० मंसिर, २०७८, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर