एकीकृत समाजवादीकी नेत्री ढुङगेल दिक्षित

विराटनगर । एकीकृत समाजवादी पार्टीकी नेत्री निलम ढुङगेल दिक्षित भएकी छिन् ।

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (IPJ), स्वीस सरकार विकास सहयोग (SDC) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजना तथा दि एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०२०–०२१ को चौथो सत्रमा नेत्री ढुङगेलले राष्ट्रिय युवा नेतृत्व सम्बन्धि अध्ययन पुरा गरेर दिक्षित भएकी हुन् ।

सो अवसरमा राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो ब्याच अन्तरगतका २२ जना सहभागीलाई संघीय सांसद नवराज सिलवाल, नेपालका लागि इजरायली उपराजदूत ताल स्वार्जम्यान, सामाजिक अभियन्ता तुलसालता अमात्य, काठमाडौंस्थित स्वीस राजदूतावासका प्रतिनिधि श्रद्धा रायामाझी, प्रतिज्ञा बास्कोटा सिंखडालगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा ब्याच प्रदान गरेका थिए ।
सन् २०१८ मा सुरु भएको यस कार्यक्रममा देशका सातवटै प्रदेशबाट यूवा नेताहरु सहभागी छन् । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानिय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु यसमा छनोट भएका थिए । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।

मंसिर २०, २०७८, बिहानको ११:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर