काँग्रेस प्रदेश १ अधिवेशन : ९ जना पदाधिकारीका लागि २० जनाको उम्मेद्वारी

विराटनगर । पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारुढ नेपाली काँग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने पक्का भएको छ ।

प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भीड्ने तय भएको हो । काँग्रेस नेताहरुका अनुसार वरिष्ठ नेता रामचन्न्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको थियो ।

संस्थापन इतर पक्षबाट भने प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारेको छ । नेता कृष्णप्रसाद सिटौला निकट नेता थापा नै देउवा–सिटौला प्यानलको उम्मेद्वार बनेका हुन् ।

यस्तै प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् । २ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेद्वारी दिएका छन् ।

शुक्रबार, १७ मंसिर, २०७८, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर