प्रदेश र जिल्ला अधिवेशनबारे एमालेमा अन्यौल

विराटनगर । वडा, पालिका र केन्द्रीय अधिवेशन सम्पन्न गरिसकेको नेकपा एमालेको जिल्ला र प्रदेश अधिवेशन भने अन्यौलमा परेको छ ।

अधिवेशनको मिति, अधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या तथा त्यसको मोडलको विषयमा पनि एमालेले टुंगो लगाएको छैन । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेका अनुसार एमालेको आगामी मंसिर २५ गते बस्ने केन्द्रीय समितिको बैठकले त्यसबारे निर्णय हुनेछ ।

‘अधिवेशन माघ महिनाभित्रै गर्ने गरी केन्द्रले मिति तोक्न पनि सक्छ,’ उनले भने, ‘आगामि स्थानीय तहको निर्वाचन पछि गर्ने भन्ने निर्णय पनि केन्द्रले गर्न सक्छ ।’ एमालेले जिल्ला अधिवेशन प्रतिनिधिको छनौट पनि गरेको छैन । यस्तै प्रदेश प्रतिनिधि पनि छनौट भएका छैनन् । यसबारे ठोस निर्णय भइसकेको छैन । प्रदेश प्रतिनिधि र जिल्ला प्रतिनिधि चयनको मोडल सम्बन्धीत कमिटीबाटै हुने पोखरेलले बताए ।

नेपाली कांग्रेस र माओवादी भने प्रदेश अधिवेशनको तयारीमा लागेका छन् । कांग्रेसले वडा, पालिका, क्षेत्र, जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ भने प्रदेश अधिवेशन मङ्सिर १७ गतेलाई तय गरेको छ । माओवादी केन्द्रले पनि वडा, पालिकासम्मेलन सम्पन्न गरिसकेको छ भने प्रदेश अधिवेशन आगामि मङ्सिर २५ गतेलाई तोकेको छ ।

बिहिबार, १६ मंसिर, २०७८, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर