काँग्रेस प्रदेश १ सभापतिमा राजीव कोइरालाद्वारा उम्मेद्वारी घोषणा

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीको प्रदेश १ सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

सुनसरी काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले शनिबार इनरुवामा सुरु भएको काँग्रेस जिल्ला अधिवेशनका क्रममा प्रदेश सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । सुनसरी सभापतिमा दुई कार्यकाल बिताएका नेता कोइराला प्रदेश १ को उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत हुन् ।

पहिलोपटक संघीय अभ्यासमा जान प्रदेश संयन्त्र बनाउन लागेको काँग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ र १७ गते विराटनगरमा आयोजना हुँदैछ ।
डा. शेखर कोइराला पक्षधर नेता कोइराला सोही प्यानलबाट उम्मेद्वारी घोषणा गर्ने दोस्रो नेता हुन् । यसअघि सोही प्यानलका गुरुराज घिमिरेले पनि मिडियामार्फत प्रदेश सभापति बन्ने इच्छा जाहेर गरेका छन् ।
त्यस्तै सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला प्यानलबाट सुधिर शिवाकोटी र उद्धव थापाको प्रदेश सभापतिमा उम्मेद्वारी पर्ने चर्चा छ ।

शनिबार, ११ मंसिर, २०७८, दिउँसोको ०१:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर