निश्चल रहस्यमय मृत्यु प्रकरण : सत्यतथ्य सार्वजनिक गर्न माओवादीको माग

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–५ हात्तिमुढाका १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्यु भएको घटना दुई साता बितिसक्दा पनि प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै नेकपा माओवादीले विरोध जनाएको छ ।

नेकपा माओवादी केन्द्र मोरङले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै छिटो अनुसन्धानलाई निष्कर्षमा पु¥याइ दोषि पक्राउ गरि घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । रहस्यमय मृत्यु भएको निश्चल माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा अखिल नेपाल ट्रड युनियन महासंघ प्रदेश १ का सह–इन्चार्ज उपेन्द्र रायको छोरा हुन् ।

निश्चलको रहस्मय मृत्यु भएको दुई साता बितिसक्दा पनि प्रहरीबाट चित्तबुझदो जवाफ र कारण नदिएको, पोष्मार्टमलगायतका रिपोर्टहरु संकलन नगरेको र घटनाप्रति गम्भीरता नदेखाउँदा पीडित परिवारमा थप पीडा थप्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । ‘समाजमा घटने गरेको अपराधजन्य घटनाहरुको अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी पाएको प्रहरी प्रशासनबाट घटनाको अनुसन्धान गर्ने कार्यमा गरेको ढीलासुस्ती र लापरवाही विरुद्ध स्थानीयबासीहरुले अगाडी बढाएको दबाबमूलक आन्दोलनलाई समर्थन गर्दै सिंगो पार्टी पङ्तिसमेत आन्दोलनमा उत्रन बाध्य हुने वातावरण सिर्जना नगर्न अनुरोध गर्दछौं,’ नेकपा माओवादी मोरङका संयोजक गणेश उप्रेती (शुशिल) ले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहिबार, ०९ मंसिर, २०७८, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर