फर्मासिस्टमाथि निर्घात कुटपिट, आक्रमणकारी गाउँघरमै

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिस्ट सकलदेव कामतलाई कुटपिट गरि घाइते बनाएका छन् ।

विराटनगरबाट घर गएका ३९ वर्षीय कामतलाई पाँच जनाको समूहले कटहरीमा राती कुटपिट गरी घाइते बनाएका हुन् । औषधी व्यवसायीसमेत रहेका कामतलाई कटहरी– ३ का २६ वर्षीय राम कामत, सोही ठाउँका २९ वर्षीय किसान कामतसहितको पाँच जनाको समूहले आक्रमण गरि घाइते बनाएका छन् ।

घाइते भएका कामतको ओठमा गहिरो चोट लागेको छ भने शरिरभरी निलडाम छ । कोशीमा उपचार गरेपछि कामतले कुटपिट गर्ने विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी दिएको एक साता हुन लाग्दा पनि आरोपी पक्राउ नपरेको उनले बताए । ‘विराटनगरबाट को ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर जाँदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपट गरेर फरार भए,’ उनले भने । फर्मासिस्ट कामतलाई कार्तिक २३ गते राती आठ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ ।

आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिनअगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिँदा पुरानो रिसिविलाई लिएर आक्रमण गरेको उनको भनाइ छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगर्दा गाउँघरमा निस्फ्रिकी रूपमा हिंडडुल गर्ने गरेको उनको भनाइ छ । ‘अहिले आरोपी खुल्लेआम गाउँघरमा हिड्ने गरेका छन्,’ उनले भने, ‘प्रहरीले पक्राउ गरि दोषीलाई कारवाही नगर्दा न्याय पाउनबाट बन्चित हुनुपरेको छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले पीडितले उजुरी दिएकोले घटनामा संलग्नको खोजी कार्यमा प्रहरी लागि परेको बताए ।

तस्बिर: घाइते भएका फर्मासिस्ट सकलदेव कामत

मङ्गलबार, ३० कार्तिक, २०७८, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर