बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

विराटनगर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपरान्ह साढे ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेसागै नेपाली काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा बहुमत सिद्ध गर्ने सम्भावना नभएपछि नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि आज पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डे नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी जनता समाजवादी पार्टी लगायत दलका ५९ जना सांसदको समर्थन छ ।

बिहिबार, ११ कार्तिक, २०७८, दिउँसोको ०४:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर