विराटनगर लक डाउन गर्ने निर्णय

विराटनगर । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालिन लकडाउनको घोषणा गरेको छ ।

महानगरपालिकामा सोमबार बसेको कार्यपालिकाको बैठकले अर्को सुचना जारी नगरुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो । महानगरपालिकाले सोमबार उद्योगी, व्यापारी, व्यवसायी र सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी लकडाउनको निर्णय गरेको थियो ।

मंगलबारदेखि विराटनगरमा उद्योग, कलकारखाना, पसल तथा सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । तर गम्भीर स्वास्थ्यस्थिति नाजुक भई अस्पताल जानु परेमा वा कसैको मृत्यु भएमा यातायातका साधनहरू भने प्रयोग गर्न पाइने छ ।

लकडाउनमा औषधि, उपचार, दूध, खानेपानी, सागसब्जी, सरसफाई र खाद्यान्न लगायतका पसल भने बन्द नगरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो । उहाँले नगरबासीहरुलाई लकडाउनको समयमा अत्यावश्यक कामबाहेक अन्यथा बाहिर ननिस्कन अपिलसमेत गर्नुभएको छ ।

सर्वसाधारणको सहजताका लागि महानगरले स्वास्थ्य महाशाखाका ३ जनालाई फोकल पर्सनका रुपमा तोकेको छ । नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारीहरूसँग समन्वय गर्न सकिने महानगरले जनाएको छ ।

सोमबार, १० चैत, २०७६, दिउँसोको ०३:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर