प्रभु शाहले एमाले परित्याग गर्ने, नयाँ पार्टी गठनको तयारी

विराटनगर । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा मिसिएका पूर्वमन्त्री प्रभु साहले एमाले पनि परित्याग गर्ने भएका छन् ।

साहले नयाँ पार्टी स्वरुप ‘नेकपा पुनर्गठन’का लागि ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको बताइएको छ । यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।

– रातोपाटी

मङ्गलबार, ०९ कार्तिक, २०७८, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर