विराटनगर । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।
दुर्घटनामा मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । मृतकमध्ये अर्का एक जनाको सनाखत भएको छैन ।
दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको छ ।