विराटनगर । एकताकाको विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन् ।
उनीहरूले अभिषेक गिरी आउनु हुँदैन भन्दै सयौंको संख्यामा कारागार अगाडि धर्नामा बसेका छन् । कारागार अगाडिको धर्नाका कारण सो क्षेत्रको सडक अस्तव्यस्त बनेको छ ।
यसअघि गिरीलाई मोरङ कारागार ल्याउनकै लागि कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पु¥याएको थियो । झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साँझतिर स्कर्टिङ गरेर कारागार पु¥याएको हो ।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत थिए । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप उनको सरुवा गरिएको स्रोतको भनाइ छ ।