सेल्फ क्वारेन्टाईनमा नेताको दैनिकी

साईकलमा सरर प्रचण्ड

इम्युनिटी पावर बढाउन र फिटनेस रहन साइकल

विराटनगर । कोरोना भाइरसका कारण भेटघाट स्थगित गरेर फुर्सद पाउनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड साइकल कुदाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।

आफ्नो निवास खुमलटारमा नातीनी ईशान्वी आचार्यसँग गफ गर्दै प्रचण्डले मज्जाले साइकल कुदाएको देखिन्छ । उक्त भिडियो र केही तस्बिर प्रचण्डका ज्वाईं एवं नेकपा प्रदेश १ सदस्य जीवन आचार्यले सार्वजनिक गर्नुभएको हो ।

‘सेल्फ क्वारेन्टाईनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले ईम्युनिटी पावर बढाई कोरोना विरुद्ध लड्न मद्दत पु¥याउँदछ,’ आचार्यले सामाजिक संजाल फेसबुकमा राखेको फोटो र भिडियोमा स्टाटर लेख्नुभएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/hamromatnews/videos/217473869597928/

आइतबार, ०९ चैत, २०७६, दिउँसोको ०२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर