प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

विराटनगर । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बुधबार दिउँसो मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो ।

आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबासस्थित कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा छापामारेको हो । बेटी पढाउ कार्यक्रम अन्तरगत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको आशंकामा अख्तियारले छानविन गरेको बताइएको छ ।

प्रदेश २ सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको थियो भने अहिले पनि त्यसलाई निरन्तरता दिइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर वितरण गरिएको थियो ।

 

बुधबार, १३ असोज, २०७८, दिउँसोको ०३:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर