विराटनगर । विराटनगर महानगरपालिका–१८ फडानीका एक जना वृद्धा मृत अवस्थामा फेला परेका छन् ।
भैंसी नुहाउन भनेर हिंडेको विराटनगर १८ का ५७ वर्षीय धनीलाल ऋषिदेव आइतबार दिउँसो १२ बजे पोखरीमा डुवेको अवस्थामा फेला परेको हो । उक्त पोखर नारायण ढंगोलको हो ।
मृतक ऋषिदेव घरबाट भैंसी लिएर पोखरीमा गएका थिए । स्थानीयले मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए । प्रहरी टोली घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।