विराटनगर । मोरङ केराबारी गाउँपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको इकाइ कमिटी गठन भएको छ । केराबारीमा ब्युटीपार्लर संचालन गरेर बसेका सौन्दर्यकर्मीहरूले एक कार्यक्रम आयोजना गरि युनियन गठन गरेका हुन् ।
इकाइ कमिटिको अध्यक्षमा गीता लुइँटेल रहेकी छिन् । कमिटिको उपाध्यक्षमा चन्द्रकुमारी खिलिङ, सचिव मन्जु चबेगु, सह–सचिव सुजना तामाङ र कोषाध्यक्ष कविता खड्का रहेकी छिन् ।
समितिको अन्य सदस्यहरुमा भावना राई, प्रमिला सुनाम, जानुका याख्यालगायत रहेका छन् । नाबुनका केन्द्रीय शिक्षा विभागका सचिव ममता प्रधानकोे उपस्थितिमा भएको कार्यक्रमको नाबुन प्रदेश १ उपाध्यक्ष ललिता धिमाल, नाबुन बिराटनगर महानगर कमिटीकी सचिव भली सुब्बा, नाबुन प्रदेश १ सदस्य तथा मोरङ इन्चार्ज सायद तबसुङ, नाबुन प्रदेश १ सचिव कला डाँगी लगायतको सहभागीता थियो ।