धोकेबाज प्रेमीको लिङ्ग काटिदिएपछि…

युवतीले ‘अन्तिमपल्ट भेट्न आउ’ भन्दै होटलमा बोलाइन् र सहमतिमै यौन कर्म गर्न खोज्दा कैंचीले लिङ्ग काटिदिइन्

विराटनगर । प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । कतै प्रेमीबाटै प्रेमिकामाथि सामूहिक बलात्कार, कतै प्रेमीले प्रेमिकाको हत्या भन्ने समाचार आइरहन्छन् । युवापुस्ताले प्रेमलाई अपराध गर्ने प्रमुख हतियारको रुपमा लिन थालेका छन् । प्रेमको नाममा जघन्य अपराधको दलदलमा पनि फसेका छन्, अहिलेका युवा । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेको छ ।

विराटनगर–१५ रानीस्थित होटल मकालुमा एउटा डरलाग्दो र क्रुर घटना बाहिर आएको छ । प्रेमिकाले प्रेमीलाई भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएको घटना बाहिरिएको हो । सुनसरीको बर्जु गाउँपालिका २ घर भइ विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमिको लिङ्ग छेदन गरिदिइन् । होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले कैचीले युवकको लिङ्ग छेदन गरिदिएको प्रहरीले बताएको छ ।

भएको के हो ?

लिङ्ग छेदन गरिदिने युवती अनु (नाम परिवर्तन) बर्जुदेखि कामको सिलसिलामा विराटनगर आइन् । उनले एक इन्स्योरेन्स कम्पनीमा जागिर पनि पाइन् । कामको शिलसिलामा अनुको श्याम (नाम परिवर्तन)सँग वर्षदिन अगाडि परिचय हुन्छ । नेपाल प्रहरीमा जागिर खाएका श्यामको सम्बन्ध अनुसँग बढ्दै जान्छ । मित्रतादेखि सुरू भएको उनीहरूको सम्बन्ध गाढा बन्दै गएपछि ‘रिलेसनसीप’ मा हुन्छन् ।

श्यामको घरपरिवारदेखि आउँदो २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने चर्चा चल्छ । मंसिरमा विवाह गर्ने भएपछि अनुसँग प्रेममा रहेका श्यामले विगत ५/६ महिनादेखि सम्पर्कबिहीन हुन्छन् । सम्पर्कबिहीन भएका श्यामको मोवाइलमा नयाँ नम्बरबाट साउन २७ गते फोन आउँछ, त्यो फोन थियो अनुको ! एक पटक भेटौं भनेपछि दुवै जनाको सहमतिमा विराटनगर १५ रानीस्थित होटल मकालुमा भेट हुन्छ । होटलअगाडि भेट भएपछि बाहिर भलाकुसारी गरेर आइसक्रिम र बिस्कुट खाएपछि मकालु होटलको कोठामा जान्छन् । कोठामा पुगेपछि श्यामले यौन सम्र्पक गर्न खोजेपछि अनुले प्रतिकार गर्दै लिङ्गमा कैंची चलाइदिइन् । यो घटना २७ साउनको राती ८ बजेको हो ।

लिङ्गमा १० टाँचा

प्रेमिले प्रेमिकाले लिङ्गमा कैंची चलाइदिएपछि घाइते भएका श्याम (नाम परिवर्तन) तत्काल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । ‘सेभिङ’ गर्दा लिङ्ग काटियो भन्दै कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका श्यामको थप उपचारको लागि नोबेल टिचिङ्ग हस्पिटल रेफर गरियो । नोबेलमा १० टाँचा लगाएपछि उनको लिङ्ग जोडिएको छ । तत्काल अस्पताल पुगेपछि उनको लिङ्ग जोडिएको बताइएको छ ।

जबरजस्ती जकरणी उद्योगमा पक्राउ

प्रेमिकाले लिङ्ग छेदन गरिदिएको प्रेमि २७ वर्षीय युवा जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । किशोरीले जबरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी छिन् । प्रहरीले ति युवालाई पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान पूरा गरेको अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ । ‘जबरजस्ती करणी उद्योगमा जाहेरी परेपछि घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने ।

पक्राउ परेका युवाले ती युवतीलाई विराटनगर १५ मकालु होटलमा भेट्न बोलाएर जबरजस्ती करणीको प्रयास गरेको आरोप छ । ति युवतीले जबरजस्ती बलात्कारको प्रयास गरेपछि प्रतिकार गर्दा लिङ्गमा प्रहार गरेको निवेदनमा उल्लेख छ ।

यता युवाले भने युवतीले ‘अन्तिमपल्ट भेट्न आउ’ भन्दै होटलमा बोलाइन् र सहमतिमा यौन सम्पर्क गर्न खोज्दा त्यसैबखत लिङ्गमा कैंचीले हानेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

बिहिबार, २४ भदौ, २०७८, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर