विराटनगरको सिंघीया खोलामा पौडि खेल्दा युवा वेपत्ता, खोजी जारी (भिडियो)

विराटनगर । विराटनगर ८ स्थित सिंघीया खोलामा एक जना पौडी खेल्ने क्रममा वेपत्ता भएका छन् ।

शुक्रबार साढे ३ बजेको समयमा मलामी गएका विराटनगर १० का २८ वर्षीय सुमन मण्डल पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार वेपत्ता भएका मण्डलको खोजी कार्य तीव्र बनाएको छ ।

वेपत्ता भएका युवाको खोजीमा पौडी खेल्न तालिम प्राप्त सशस्त्र प्रहरी र मोरङदेखि खटिएको प्रहरी टोली परिचालन गरिएको छ ।

 

शनिबार, १९ भदौ, २०७८, दिउँसोको ०३:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर