इक्यानको २५औं वार्षिकोत्सवमा विविध कार्यक्रम

विराटनगर । ‘इक्यान पूर्वाञ्चल’ले विविध कार्यक्रम गरि रजत जयन्ती मनाएको छ। २५औं वार्षिक उत्सवको अवसरमा विराटनगर, इटहरी र धरानका केही संस्थामा अत्यावश्यक सामग्री हस्तान्तरण गरियो ।

इक्यानले विराटनगर–१ स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा आवश्यकक बोर्ड तथा सिलिङ पङ्खा, सुनसरीको इटहरी–४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गर्नुको साथै धरान–३ स्थित भानु स्मृति माविमा वाल पङ्खा हस्तान्तरण गरिएको इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाले बताए । विराटनगरबाट सुरु भएको कार्यक्रम इटहरी हुँदै धरानमा सम्पन्न भएको हो ।

आइतबार, १३ भदौ, २०७८, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर