विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजना जल उपभोक्ता संस्था अन्गरतगत बरियाती शाखाको नयाँ कार्यसमिति गठन भएको छ ।
उक्त समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मोरङको धनपालथान गाउँपालिका ४ सोराभागमा भएको कार्यक्रमबाट उपाध्यक्षमा गणेश राय, सचिवमा श्रीराम चौधरी, सहसचिवमा भीमप्रसाद राजवंशी र कोषाध्यक्षमा शान्तकुमार वशेल रहेका छन् । समितिको अन्य सदस्यहरूमा गंगाप्रसाद खतिवडा, रतन राई, रामानन्द सिंह, तेजेन्द्र प्रसाद राजवंशी, गीतादेवी गच्छदार र मोहनबावु तिवारी रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि चतरा मूल समितिका अध्यक्ष रामप्रसाद मेहताको सहभागिता रहेको थियो । उक्त निर्वाचन समितिको संयोजकमा कुमारप्रसाद भेटवाल, सदस्यहरूमा चन्द्रशेखर राजवंशी, केदार पौडेल र डिल्ली कार्की रहेका थिए ।