प्राज्ञिक विद्यार्थी परिषद्द्वारा बाढीपहिरो प्रभावितलाई राहत

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधि लगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस वितरण गरिएको छ । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए । धादिङलगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ, रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना रहेको परिषद्का राष्ट्रिय महासचिव न्यौपानेले जानकारी दिए ।

शनिबार धादिङवेसीमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिवद्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ, नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।

राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत, आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई हस्तान्तरण गरिएको थियो

आइतबार, १३ भदौ, २०७८, दिउँसोको ०२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर