एकीकृत समाजवादीले छान्यो संसदीय दलको नेता

प्रतिनिधिसभा संसदीय दलको नेतामा नेपाल र राष्ट्रियसभामा भुसाल

विराटनगर । नेकपा एकीकृत समाजवादीले संसदीय दलको आजको बैठकले संसदीय दलको नेता चयन गरेको छ । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन गरेको हो ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यसैगरी एकीकृत समाजवादीको बैठकले राष्ट्रियसभा, संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य वेदुराम भुसाललाई चयन गरेको छ । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् भने प्रतिनिधिसभामा २३ जना सांसद छन् ।

आइतबार, १३ भदौ, २०७८, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर