झुम्का सिनेमा हलमा भएको आगलागीको उपसभामुख पोखरेलद्वारा निरीक्षण

इटहरी । सुनसरीको रामधुनी ५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा भएको आगलागीको प्रदेश १ प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलले निरीक्षण गरेकी छन् । सिनेमाहलमा भएको आगलागीबाट २ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भीक अनुमान छ ।
आगलागीको निरीक्षण गर्दै उपसभामुख पोखरेले प्रदेश सरकारको तर्फबाट क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिनुभयो । थारु चलचित्रका पहिलो नायक पर्शुराम चौधरी थारुले सञ्चालन गर्दै आएको सिनेमा हलमा शनिबार बिहान अचानक आगलागी भएको थियो ।
जसबाट चलचित्रकर्मी तथा कलाकारलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ । आगलागीबाट सिनेमा हल पूरै जलेको छ । आगलागीमा परेर हल सञ्चालक पर्शुराम स्वयंपनि घाइते भएका छन् । उनका दुवै हात र खुट्टा आगोले पोलेको छ ।
आइतबार, १३ भदौ, २०७८, दिउँसोको ०१:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर