पहिलो मुख्यमन्त्रीज्यूलाई सम्झना पत्र

 लीलाबल्लभ घिमिरे

माननीय प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईज्यू

आराम र तपाईंको परिवारमा आरामको कामना गर्दछु । तपाईको पार्टीमा लागेको कोरोना चाँडै निको होस् भन्ने प्रार्थना छ । सायद अब होम आइसोलनसनबाट बाहिर निस्कनुभयो होला । खानपानमा मात्र हैन्, संगठनमा पनि अब ध्यान दिनुहोला । बितेका साढे तीन वर्ष नेकपामय भएरै मख्ख पर्दा पर्दै वितेको पत्तो नपाउनु भएको कुरा मैले सम्झाई राख्नुपर्दैन ।

प्रथम मुख्यमन्त्रीज्यू, राजनीतिमा तपाई धेरै भाग्यमानी हुनुहुन्छ । हुन त मैले तपाईका भाग्य र कर्मको कुनै इस्र्या भने गर्न चाहेको हैन । म एउटा यस्तो पात्र हुँ हरेक राजनीतिक गर्ने मान्छेको भाग्य तपाईको जस्तो होस् भन्ने कामना विनास्वार्थ गर्छु । हिजो तपाईले आफ्नै पार्टीका दाजु भीम आचार्यलाई जसरी हराउनु भएको थियो । आज तपाईले हा“सीहा“सी उहा“लाई नै चा“दीको किस्तीमा लगेर मुख्यमन्त्री बुझाउनु भएको छ । यो तपाईको पार्टीप्रतिको वफादारितालाई सलाम ।

वास्तबमा तपाईलाई मैले यस अर्थमा पनि भाग्यमानी भन्न चाहे हिजो यहि सदन हो जो तपाईलाई अविश्वास गरेर हटाउन चाहन्थ्यो । तर, त्यसबेला तपाईले नहतारी हाँसेर त्यसको सामना मात्र गर्नुभएन, त्यसलाई गर्वमा नै तुहाइ दिनुभयो । यो तपाईको राजनीतिक कुशलता र भाग्य नै हो भन्न चाहन्छु । आज तपाईले आफूलाई यसरी सेफल्याण्ड गर्नुभयो । जसले भोलिका धेरै बाटा हैन धेरै सिक्सलेनका सडक तयार भएका छन् । भोलिको सरकार के हुन्छ भन्ने हेक्का तपाईलाई पनि छ । अब फलामका चिउरा भीम आर्चायले चपाउनुपर्ने छ । भोलिको भविश्य राम्रोसँग देखेर आफू साइड लाग्नुभएकोमा फेरि पनि बधाई छ ।

वास्तवमा तपाई जति बेला मुख्यमन्त्री बन्नुभयो, यो प्रदेशले धेरै आशा र तपाईमा भरोसा गरेको थियो । तर, आज छातीमा हात राखेर भन्नुपर्छ, त्यसलाई तपाईले पुरा गर्न सक्नुभएन । नसक्नुपछिका तपाईका तर्कसँग कोही केहीबेर सहमत हुनसक्छ । तर, जति कारण बताइराख्नु भएको छ । त्यसैलाई आधार मानेर चीत्त भने बुझाउने ठाउ“ छैन । प्रदेशको राजधानीदेखि नामकरणसम्म मात्र हैन, तपाई आफ्नो सरकारलाई पूर्णता दिनबाटसमेत चुक्नुभएकै हो । म आज धेरै कुरा गर्न चाहन्न, तपाई मुख्यमन्त्री भएको १९ दिनका दिन प्रदेश सरकारले १ सय दिनभित्र गर्ने कामहरुको लिस्ट सार्वजनिक गरेको थियो । आज एक पटक हेर्नु होस् त तपाईले एक सय दिनमा गर्छु भनेका काम साढे तीन वर्षमा पुरा भए त ?

तपाईले भन्नु भएको थियो, ‘सार्वजनिक गरिएका यी कार्यक्रम सरकार उभिने र हिँड्ने मुख्य आधार हुन्् ।’ दुईतिहाइको नेतृत्व गर्दै करिब पौने तीन वर्ष र बुहमतको सरकारको नेतृत्वको गर्दै झण्डै ९ महिना बस्दा ती काम भए त ? त्यस दिन सार्वजनिक गरिएको पहिलो नारा थियो, ‘सुशासन र समृद्धि, हाम्रो प्रतिवद्धता’ ।

यसैगरी ‘कृषिमा व्यवसायिकता, आजको आवश्यकता’ भन्ने नारा अघि सारेको थियो । प्रदेशभित्रका कृषियोग्य भूमिको उत्पादकत्व बृद्धिका लागि भू–उपयोगको संभाब्यता अध्ययन गरी जग्गा खण्डीकरणलाई निरुत्साहित गरी चक्लाबन्दीको नीति अवलम्बन गर्ने बताएको थियो । नगदे बालीहरु चिया, अदुवा, अलैची, जुट, अमरिसो, अल्लो, रुद्राक्षलगायतको उत्पादकत्वमा बृद्धि गरी व्यवसायिकरण गरिने उल्लेख थियो ।

‘गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार, स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार’ यो हो अर्को नारा । गाउ“पालिका र नगरपालिकामा नियमित स्वास्थ शिविर सञ्चालन गर्ने, प्रत्येक जिल्लामा एक÷एक प्राविधिक शिक्षालय स्थापना ।

‘लगानीमैत्री वातावरण, पुुर्वाधारको विकास’ । जोगवनी–विराटनगर–धरान–किमाथान्का सडकलाई उच्च प्राथमिकताका साथ देशको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राख्न संघीय सरकारसँग पहल गर्ने भन्नुभएको थियो । यसैगरी ‘करमा सहभागिता,ः विकासमा साझेदारिता’ भन्ने नारा पनि त्यही दिन सार्वजनिक गर्नुभएको थियो । ‘कानूूनको रक्षा, जीउ–धनको सुुरक्षा’ भन्ने नारा अर्को थियो । प्रदेशमा रहेका विमानस्थल, मुुख्य अस्पतालहरु, पार्कहरु, खासखास मुुख्य सहरहरुमा फ्रि–वाइफाइ जोन खडा गरी सञ्चालन सय दिनभित्र गर्ने सरकारको लक्ष्य थियो ।

‘उद्योग, पर्यटन, वन तथा वातावरण, सुधारौं हाम्रो विकासको आचरण’ भन्ने नाराका साथ सुख्खा समयमा प्रदेशका बनहरुमा लाग्नसक्ने वन डढेलोको जोखिमलाई समयमै रोकथाम गर्ने प्रभावकारी संयन्त्रको गठन गर्ने दावी गरिएको थियो । अन्तराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्रको स्थापना, बृहत जातीय तथा सांस्कृतिक संग्राहलय, विराटनगर विमानस्थलको स्तरोन्नति, विराटनगरबाट प्रदेशभित्रका सबै हवाई मैदानहरुमा उडानको व्यवस्था, विराटनगर विमान स्थलबाट हेलिकप्टर सेवा सञ्चालन कुरा त्यसताका गरेका हुन् ।

प्रदेशभित्र केवुलकार सञ्चालन, भ्यूूटावर निर्माण र पहिचान भएका पर्यटकीय गन्तव्य स्थलहरुमा आवश्यक पुुर्वाधार निर्माणको लागि अध्ययन कार्यको थालनी जस्ता लोकप्रिय कार्यक्रम घोषणा गर्नुभयो । तर, आज कति पुरा भएका छन् ? जनताले प्रश्न गरिरहेका छन् । महालेखा परीक्षणले भन्छन्, प्रदेश सरकारले आर्थिक विचलन गरे गरेको छ । आज जनताले अनुभुति गर्ने गरी सरकारले काम गर्न नसकेको कुरा आरोप हैन, यथार्थ हो ।

मुख्यमन्त्रीज्यू,

हामीलाई थाहा छ, विराटनगरका पुराना खण्डहर घरहरुमा फराएका राष्ट्रिय झण्डा अनि तपाई चढ्ने सुनसरी–मोरङ सिचाईं आयोजनाको पुरानो २३५ नम्बरको गाडी प्रदेशवासीका आ“खामा झलझली आइरहेको छ । तीन साढे तीन वर्षअघि पिर्कामा बस्नुभएको पनि सबैलाई थाहा छ । तर, आज तपाईले छोड्दै गर्दा मुख्यमन्त्रीको आलिसान कार्यकक्ष छ । २ करोडभन्दा माथिको गाडी छ । मन्त्रीहरुका करोडौंका गाडी पनि देखिरहेका छन् । आज प्रदेश सरकारले करोडौं रुपैयाँ सवारी साधनको मर्मतमा मात्र खर्च गरिरहेको छ । निवर्तमान मुख्यमन्त्रीज्यू, यस्ता धेरै काम थिए । जो तपाईले मात्र पनि चहाना गर्नुभएको भएमात्र पनि सफल हुनेथियो । जसका कारण प्रदेश समृद्ध बन्नेथियो । जे होस्, धेरै हुन नसके पनि केहि भएको छ । संघीयताको जग बस्ने काम भएको छ । यसलाई अझ बलियो बनाउने दायित्व तपाईको काँधबाट हटेको छैन । त्यसैले अबका बाँकी दिन पनि तपाईको उर्जाशील समय यही प्रदेशमा खर्च हुने अपेक्षका साथ विदा ।

आइतबार, १३ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर