पियु र टियुबीच दुई सम्झौतामा हस्ताक्षर

विराटचौक । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को इञ्जिनियरिङ संकाय र त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इञ्जिनियरिङ अध्ययन संस्थानबीच इञ्जिनियरिङ शिक्षाको विकास, विस्तार र अध्ययन–अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई विश्वविद्यालयका निकायहरूबीच आपसी सहकार्य र अनुभव आदान–प्रदानका लागि संकायस्तर र क्याम्पसस्तर गरी दुई फरक–फरक सम्झौतामा हस्ताक्षर भएको हो ।

शुक्रबार पूविको केन्द्रीय कार्यालय गोठगाउ“मा आयोजित कार्यक्रममा संकायस्तरमा सहकार्यको सम्झौता–पत्रमा पूवि इञ्जिनियरिङ संकायका डीन प्रा. देवीप्रसाद भट्टराई र त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा शशिधरराम जोशीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै क्याम्पसस्तरमा सहकार्य र अनुभव आदान–प्रदानका लागि भएको अर्को सम्झौता–पत्रमा पूवि स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)का डाइरेक्टर ई. तेजराज गिरी र त्रिविअन्तर्गतको पूर्वाञ्चल क्याम्पस, धरानका क्याम्पस प्रमुख ओमप्रकाश ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूविका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयहरूले राष्ट्रिय–अन्तर्राष्ट्रिय आवश्यकता पहिचान गरी नया“–नया“ विषय र क्षेत्रमा आफ्ना शैक्षिक–प्राज्ञिक गतिविधि अगाडि बढाउनु पर्ने बताए । उनले दुई विश्वविद्यालयका निकायहरूबीचको सहकार्यले अनुभव आदान–प्रदानका साथै अध्ययन–अनुसन्धानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि रजिष्ट्रार नीलमणि पोखरेलले सम्झौताबाट दुवै पक्ष लाभान्वित हुनुपर्नेमा जोड दिँदै सम्झौतालाई सम्झौतामै सीमित राख्नेभन्दा पनि यसको कार्यान्वयनको आवश्यकता औंल्याए ।

त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन जोशीले दुई विश्वविद्यालयका निकायहरूबीचको सम्झौताले देश विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोगका साथै इञ्जिनियरिङ शिक्षाको विकास, विस्तार र अध्ययन–अनुसन्धानमा सहयोग पुग्ने बताए ।

त्यसैगरी पूवि इञ्जिनियरिङ डीन भट्टराईले ‘नेपालमा इञ्जिनियरिङ शिक्षाको चुनौती तथा सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सम्झौताले इञ्जिनियरिङ शिक्षाको विकास, विस्तार र अध्ययन–अनुसन्धानमा कोशेढुंगा सावित हुने विचार ब्यक्त गरे ।

त्यस्तै पूसेटका डाइरेक्टर गिरी र त्रिवि पूर्वाञ्चल क्याम्पस, धरानका क्याम्पस प्रमुख ढकालले आ–आफ्नो स्कूल÷क्याम्पसको संक्षिप्त परिचयात्मक विवरण प्रस्तुत गर्दै सम्झौताबाट दुवै शैक्षिक संस्थाले फाइदा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूवि चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन डा. कृष्णप्रसाद पाण्डे, पूवि शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्यलगायतका पदाधिकारीका साथै पूवि र पूर्वाञ्चल क्याम्पस धरानका प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

शनिबार, १२ भदौ, २०७८, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर