विराटगर । नेपाली काँग्रेसको आन्तरिक चुनावको चहलपहल बढेसँगै विराटनगर पाँच पनि तातेको छ ।
विराटनगर–५ को सभापतिमा प्रभाकरमान सिंह कार्की (गैडे),ले उम्मेदवारी घोषणा गरेसँगै चहलपहल बढेको हो । उनको घोषणासँगै नेपाली काङ्ग्रेस विराटनगर–५ का वडाको क्रियाशिल सदस्यको परिचय कार्यक्रम पनि हिंजो भब्य रूपमा गरेका छन् ।
नेपाली काँग्रेसमा अब युवापुस्ता आउनु पर्ने बताउँदै उनले आफ्नो उम्मेदवारी युवादेखि सबैलाई समेट्ने भएको बताए । लोकतन्त्र, गणतन्त्र र सुशासनमा आफ्नो ध्यान रहेको बताउँदै उनले भने, ‘अबको उद्देश्य यसैमा केन्द्रित हुनुपर्छ ।’ विराटनगर ५ मा करिब ५ सय ५० क्रियाशिल सदस्य छन् ।