केराबारी । कृषिलाई यान्त्रिकरणको प्रयोग गरौं उत्पादनमा लागत घटाऔं भन्ने मुल नाराका साथ मोरङको केराबारी गाउँपालिका कृषि शाखाले अगुवा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको छ ।
गाउँपालिकाकाको विभिन्न वडामा कृषिक्षेत्रमा काम गर्दै आएका अगुवा कृषकहरुको छनौट गरी कृषकको ५० प्रतिशत लगानीमा यान्त्रिक उपकरण वितरण गरिएको हो ।
गाउँपालिकाको सभाहलमा कृषि औजार वितरण कार्यक्रममा केराबारी ९ विराजेका विराजे कृषक समूहलाई २ लाख १५ हजार बराबरको पावर टेलर प्रदान गरिएको छ । त्यसैगरी मिनि पावर टेलर, २५ जना कृषकलाई पावर स्प्रे, १ जनालाई मह मदानी र १ जनालाई ब्रस कटर प्रदान गरिएको छ ।
पावर टेलर लिएपछि आफूलाई हौसला मिलेको बताउँदै केराबारी ९ विराजेका कृषक बलवहादुर विष्टले खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रोहितवहादुर कार्कीले कृषकको जीवन उस्तर उकास्न, कृषिमा आधुनिकीकरणमा जान गाउँपालिकाले ध्यान दिएको बताउनुभयो ।