दुर्गा आधारभूत विद्यालय झोराहाटका शिक्षकहरू शैक्षिक सामाग्री निर्माणमा व्यस्त

ग्रामथान । मोरङ ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाट झङडाईमा अवस्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक, शिक्षिका शैक्षिक सामाग्री निर्माण र शैक्षिक योजना बनाउन व्यस्त छन् ।

विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ तहगत शैक्षिक योजना र शैक्षिक सामाग्री निर्माण भइरहेको हो । विद्यालयमा शिक्षक, शिक्षिकाहरूले तहगत, विषयगतलगायत विधार्थीका लागि शैक्षिक सामाग्री निर्माण गरेका हुन् ।

उनीहरुले उपर्युक्त सरल सहज पठनपाठन गर्न र विद्यार्थीलाई शैक्षिक सामाग्रीको प्रयोग गरी सिकाइलाई प्रभावकारी बनाउन जोड दिएका हुन् ।

विद्यालयमा अति सिमान्तकृत, कृषि मजदुर, दैनिक ज्यालादारी मजदुरका अभिभावकका छोराछोरी यस विद्यालयमा अध्ययनरत छन् । विद्यालयमा बालविकासदेखि ४ कक्षासम्म पठनपाठन हुन्छ । बन्दाबन्दीको समयमा विद्यालय, समुदाय, अभिभावक, विद्यार्थीबीचको सम्बन्ध कायम राख्ने, विद्यालयको रेखदेख र संरक्षण गर्ने तथा भावी योजना बनाउने काममा शिक्षकहरु लागिरहेका छन् ।

यस्तै विद्यालयले शैक्षिक पात्रो निर्माण, शिक्षण सिपको विकासका लागि शिक्षकलाई तयार राख्नका लागि कायर्शाला गरेको छ । विद्यालयको आफ्नै लगानीमा कार्यशाला गरिएको विद्यालयका प्रधानाध्यापक यदुकुमार लुइटेलले बताए । विद्यालयको स्थापना जग्गादाता झोराहाट झङडाई निवासी दुर्गालाल मुडियारीले २०५३ सालमा स्थापना गरेका हुन् ।

बिहिबार, ०३ भदौ, २०७८, साँझको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर