गुणस्तरीय शिक्षामा विशिष्ट अर्किड

विराटनगर । विराटनगरको संसारी माइस्थानमा रहेको अर्किड पब्लिक स्कूलले स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

२०५६ सालमा स्थापना भई दक्ष, अनुभवी र शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरुको समूहले संचालन गरेको स्कूमा कक्षा ११ र १२ तर्फ जीव विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, कम्प्यूटर व्यवस्थापन र होेटल व्यवस्थापनको पठनपाठन हुने गरेको छ ।

प्रतिस्पर्धी समयमा विश्व बजारमै दक्षता हासिल गर्नसक्ने विद्यार्थीहरुको उत्पादन १४ ब्याचसम्म गरेको स्कूलका प्राचार्य दिपेस बाँस्तोलाले बताए । स्थाापनाको तेस्रो वर्षदेखि नै चिकित्सा शिक्षा (एमबीबीएस), इन्जिनियरिङ (बिई), प्राविधिक शिक्षा जनस्वास्थ्य, नर्सिङ, बैँकिङ लगायत निजामती सेवामा समेत यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुले उत्कृष्टताको पहिचान बनाइसकेका छन् ।
२०७० सालबाटै कक्षा ११ र १२ को परीक्षाफलमा राष्ट्रिय पहिचान बनाएको अर्किडबाट २०७६ सालको कक्षा १२ मा ३.९२ जिपिए सहित निश्चल गुरागाईँ नेपाल प्रथम भएका थिए ।

स्कूलबाट +२ अध्ययन पश्चात ५० जनाभन्दा बढी डाक्टर, सयभन्दा बढी इन्जिनियर, सयभन्दा बढी नर्स ,वैज्ञानिक ,बैँकर्स ,सरकारी अफिसर आदि बनिसकेको बाँस्तोलाको भनाइ छ । गुणस्तरीय शिक्षामा छुट्टै पहिचान बनाएको यस अर्किड +२ ले यो वर्षदेखि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क कोचिङ्गको व्यवस्था गरेको जनाएको छ ।

मेडिकल र इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने अभिलाषा राख्ने विद्यार्थीका लागि प्रि–मेडिकल प्रि–इन्जिनियरिङको ‘वस्तुगत’ कक्षा सञ्चालन गर्ने व्यवस्था स्कूलले गरेको छ । जसका लागि विराटनगरका चिरपरिचित प्राध्यापकहरु फ्याकल्टी मेम्बरका रुपमा अर्किडमा अनुबन्धित भइसकेको उसको भनाइ छ ।

खासगरी विद्यार्थीहरुलाई “व्यक्तिगत भिन्नताका” आधारमा मनोवैज्ञानिक परामर्शसमेत प्रदान गरी अर्किडले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रदेश एकमै उत्कृष्टताको परिचय दिएको प्राचार्य बाँस्तोलाले बताए ।

शुक्रबार, २९ साउन, २०७८, बिहानको ११:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर