विराटनगर । एसइइको परीक्षाको नतिजा सार्वजानिक भएपछि विराटनगरका उच्च माविहरूले धमाधम प्रवेश परीक्षा लिन थालेको छ । यहाँ रहेका उत्कृष्ट उच्च माविहरूले विद्यार्थी भर्ना लिनको लागि प्रवेश परीक्षा लिन सुरू गरेको हो ।
प्रवेश परीक्षामा उत्कृष्टताको आधारमा कलेजले भर्ना लिनुको साथै छात्रवृती पनि प्रदान गर्ने गरेको छ । विराटनगरस्थित सगरमाथा उच्च माविले कक्षा ११ मा भर्ना हुन लागेका विद्यार्थीहरूको लागि प्रवेश परीक्षा आव्हान गरेको छ । व्यवस्थापन, विज्ञान र होटल म्यानेजम्यान पठानपठान गर्दै आएको सगरमाथामा विद्यार्थीहरूको लागि कोभिड १९ को कारणले गर्दा अनलाइनको माध्यमदेखि प्रवेश परीक्षा सुरू गरेको प्रन्सिपल त्रिलोचन गौतमले जानकारी दिए ।
‘कक्षा ११ मा भर्ना लिनको लागि प्रवेश परीक्षा खुल्ला गरिएको छ,’ उनले भने, ‘अहिले अनलाइनबाट पनि प्रवेश परीक्षा लिँदै गरेका छौं । केही दिन भित्रमा स्वास्थ्य मापदण्ड पालना गर्दै फिजिकली रूपमा पनि प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’ सुविधा सम्पन्न भौतिक संरचण र गुणस्तीय शिक्षा प्रदान गर्दै आएको सगरमाथामा दक्ष तथा अनुभवी प्राध्यापक र शिक्षकबाट अध्यापन हुदै आएको छ ।
यसैगरी विराटनगरस्थित कोवास कलेजले पनि एसएसलसी उत्तिर्ण गरेका विद्यार्थीहरूको लागि प्रवेश परीक्षाको मिति तय गरेको छ । कोबासले साउन २९ गते ११ बजे नयाँ भर्ना हुने विद्यार्थीहरूको लागि प्रवेश परीक्षा लिने भएको छ । यो कलेजमा विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्सको प्रवेश परीक्षा लिन लागेको हो । यस्तै विराटनगरका अन्य मेरिल्याण्ड, शिक्षादीप, लर्डबुद्ध, कान्तिपुर, अर्किडल, एभरेष्टलगायतका कलेजहरूले पनि विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको छ ।