विराटनगर । उद्योग संगठन मोरंगले प्रदेश नं. १ का प्रमुख सचिव दिनेश भट्टराईसँग छलफल गरेको छ । प्रदेशको प्रमुख सचिवको रुपमा आउनुभएका भट्टराईलाई मंगलबार संगठनमा स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले प्रदेशको समृद्धिमा योगदान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
छलफलमा घिमिरेले वर्तमान जटिल समयमा विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धि गर्न लागेको भन्दै आर्थिक भार पर्नेगरी विद्युत महशुल वृद्धि नगर्न संघीय सरकारसमक्ष प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुभयो । सचिब भट्टराईले आपूm प्रदेशमा आउनुपूर्व उद्योग मन्त्रालयमा कार्यरत रहेको र उद्योगका समस्याबारे परिचित रहेको बताउँदै समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कोरोना भाईरसको नियन्त्रणमा प्रदेश सरकार सम्वेदनशिल रहेको बताउँदै भट्टराईले निजी क्षेत्रलाई पनि सम्वेदनशिल हुन अनुरोध गर्नुभयो । आफू पनि प्रदेश नं. १ कै बासिन्दा भएकाले यस क्षेत्रको उद्योग÷व्यवसायको समस्या समाधानमा सहयोग पु¥याउने उहाँको भनाइ थियो ।
छलफलमा संगठनका पूर्वअध्यक्ष अशोक मुरारका, उपाध्यक्ष राकेश सुरानाले प्रस्तावित विद्युत महशुल कार्यान्वयन भए उद्योग÷व्यवसाय क्षेत्र समस्यामा पर्ने बताउनुभएको थियो । कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मुरारका, शिवशंकर अग्रवाल, निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, उपाध्यक्ष सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोइराला, सुरेन्द्र गोल्छा, विनोद पौडेल, ईन्द्र खत्री, महिला उद्यम समितिको संयोजक सन्तोषी जैनलगायतको उपस्थिति रहेको थियो ।