बेलबारी । कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखि २५ गतेसम्म लकडाउन गरिने भएको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखि २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय गरेको छ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल करकारखाना, नीजि तथा सरकारी कार्यालयहरु र बैंक, वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउनको पालना गर्न गराउनसमेत नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक अन्य काममा घरभन्दा बाहिर ननिस्कन समेत नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । बैठक बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना रोग रोगथाम नियन्त्रण समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको थियो । मोरङका केहि स्थानीयतहले कोरोना संक्रमितको संख्या बढेपछि लकडाउन गर्न थालेका छन् ।