पथरी । साझेदारी वन समूह प्रदेश नं. १ र मोरङ जिल्लाको अधिवेशन मोरङको बेलबारीमा सम्पन्न भएको छ । साझेदारी वनमा आबद्धहरुको प्रथम प्रदेश अधिवेशनले प्रकाश पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मनिका थापा मगर, महासचिवमा दिपक तिवारी, सचिवमा शंकर देवान र कोषाध्यक्षमा आशाकुमारी साह चयन भएका छन् । प्रदेश समितिको सदस्यहरुमा महेश थापा, दोर्णबहादुर पौडेल, इमतियाज आलम, लालबहादुर बस्नेत, आमोद साह, शिवकुमार साह रहेका छन् । समितिको अन्य सदस्यहरुमा रमेशकुमार खड्का, दिलबहादुर विश्वकर्मा, चन्द्रकला यादव, कमल थपलिया, आशावती साह र लक्ष्मीनारायण चौधरी रहेका छन् ।
सोही अवसरमा साझेदारी वन समूहको जिल्ला अधिवेशनले दिपनारायण खाँको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पवित्रादेवी पोखरेल, सचिवमा कृष्ण कार्की र कोषाध्यक्षमा आनन्द लिङ्खा चयन भएका छन् । जिल्ला समितिको सदस्यहरुमा प्रमोद निरौला, कर्ण परियार, ठाकुर प्रसाद लिम्बू, बुद्धि चौधरी, विष्णु चौधरी, मनोज सरदार, हरेराम माझी, सुरेशकुमार वैठा, अञ्जुलादेवी मण्डल, मिना सरदार, कुन्नीलाल यादव र पारस सरदार रहेका छन् ।
अधिवशनमा प्रदेश सांसद राजकुमार ओझा, डिभिजन वन अधिकृत विशाल घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।