इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग, करोडौं लगानी डुब्न लागेको भनाइ

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश नं १ अन्तरगत विभिन्न जिल्लामा संचालनमा रहेका इँटा उद्योगहरुमध्ये अहिले १० प्रतिशत मात्र सिमीत समयका लागि संचालन भइरहेको परिसंघले जनाएको छ । ‘परिस्थितिमा खासै सुधार नभएको र इटा उद्योगहरुमा इटाको मौज्दात नरहेको र विकास निर्माणदेखि सर्वसाधारण नागरिक समेतलाई आवश्यक पर्ने इँटा आपूर्ति गर्न दक्ष मजदुरहरुको अभावमा उत्पादन कार्य प्रभावित हुने देखिएको छ,’ उद्योग परिसंघका अध्यक्ष भिम घिमीरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा उल्लेख छ, ‘इँटा उद्योगहरुमा दक्ष कामदार भारतीय मजदुर नै रहने व्यवहारिक बाध्यता र साथै परम्परा समेतको कारणले समय मै दक्ष मजदुरहरु ल्याउनका लागी उद्योगहरुले भारतीय मजदुरहरुलाई लगानी गरि राखेको करौडौ रकम डूब्ने अवस्था छ ।’

उद्योग परिसंघले समयमै दक्ष मजदुर ल्याएर इँटा उत्पादन सुरु नगरिए देशमा इँटाको अभाव हुने र नागरिकहरुको घर निर्माण, तथा देशको विकास निर्माणमा समेत समस्या आउने देखिएको दाबी गरेको छ । ‘इँटा उद्योगमा दक्ष भारतीय मजदुरहरु ल्याउन सहजता गरि आधिकारीक इटा उद्योग संघको सिफारिसमा आउने मजदुरहरुलाई निर्वाद रुपमा प्रवेश दिइ उद्योगहरु संचालन गर्ने वातावरण बनाउन झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ल्ला अधिकारी तथा प्रहरी प्रसाशनलाई निर्देशन गरि दिनुहुन सादर अनुरोध गर्दर्छौ’, ज्ञापनपत्रमा भनिएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ ।

प्रदेश १ का विभिन्न जिल्लाहरुमा करिब १ सयको हाराहारीमा इँटा उद्योग रहेका छन् भने सुनसरी र मोरङमा मात्रै ७५ वटा इँटा उद्योग संचालन गरेको परिसंघले जनाएको छ । परिसंघको नेतृत्वमा सोमबार इँटा व्यवसायी संघ कोशी, मोरङ सुनसरीका पदाधिकारीको टोलीले मुख्यमन्त्री राईका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई पनि भेट गरेको हो ।

सोमबार, १८ साउन, २०७८, दिउँसोको ०४:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर