विराटनगर । १ नम्बर प्रदेशसभाको बैठक आगामि साउन २१ गतेका लागि आव्हान गरिएको छ ।
संसद सचिवालयले आज जारी गरेको सूचना अनुसार बैठक २१ गते बिहीबार १ बजेका लागि आव्हान गरिएको हो । गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेशसभा बैठक स्थगित भएको थियो ।
àप्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक मिति २०७८ साल साउन २१ गते बिहीबार दिनको १ः०० बजे प्रदेशसभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।