देउवालाई विश्वासको मत प्राप्त, पक्षमा १६५ र विपक्षमा ८३ मत

काठमाडौं । नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त शेरबहादुर देउवालाई संविधानको धारा ७६ (६) बमोजिम विश्वासको मत प्राप्त भएको छ ।

प्रतिनिधिसभा संसदमा आजसाँझ भएको मतदानमा देउवाले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा १६५ मत परेको हो । यस्तै उक्त प्रस्तावको विपक्षमा ८३ मत परेको हो । विपक्षमा मतदान गर्नेहरू एमालेका सांसद छन् । तटस्थमा १ मत परेकाे छ । मतदानमा २४९ सांसद उपिस्थित थिए । यस्तै २१ जना सांसद अनुपस्थित रहे ।

प्रस्तावको पक्षमा कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८, जनता समाजवादी पार्टीको ३४, नेकपा एमालेका २२, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी १ सय १६५ सांसदले मतदान गरेका हुन् ।

प्रतिनिधिसभा संसदमा रहेका २७१ सांसदमध्ये बहुमत पु¥याउनका लागि १३६ आवश्यक हुन्छ । विश्वासको मत पाएसँगै अब डेढ वर्षपछि हुने निर्वाचनसम्म देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका भएका थिए ।

आइतबार, ०३ साउन, २०७८, रातीको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर