जनकपुर । प्रदेश नम्बर २ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले माओवादीका तर्फबाट आज नियुक्त गरेकाआन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलाई प्रदेश प्रमुख झाले र आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादीलाई सरकारमा सहभागी गराउन जसपाबाट मन्त्री रहनु भएका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिंजो मात्रै राजीनामा दिएका थिए ।
सपथ ग्रहण समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश, प्रमुख सचिवलगायत प्रदेश सरकारका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।