विराटनगर, ४ चैत/प्रदेश १ को सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठक आज सोमबार बसेको छ । संसदीय दलको विधानमा छलफल गर्न दलको बैठक बसकेको हो ।
प्रदेशसभा गठन भएको दुइ वर्ष पुरा भइसक्दापनि सत्तारुढ दल सञ्चालनका लागि विधान बनेको थिएन । बैठकमा मस्यौदा विधान माथि छलफल भइरहेको बताइएको छ ।
नेकपाले प्रदेश सभाका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीको संयोजकत्वमा विधान निर्माण समिति गठन गरेर मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । उहाँले विधानको विषयमा छलफलमा भइरहेको र यसै बैठकबाट पारित गरिने जानकारी दिनुभयो ।
बैठकमा सहभागि प्रदेश सभा सदस्य लिलम वस्नेतले सरकारको कार्यसम्पादनका बिषयमा पनि छलफल हुने जजानकारी दिनुभयो । प्रदेश १ को नाम लगायत प्रदेश सभाबाट गर्नुपर्ने कामहरुको विषयमापनि बैठकमा छलफल हुनसक्ने बताइएको छ । तर बैठकको कार्यसुचीमा भने यो विषय समावेश गरिएको छैन ।