प्रदेश १ कृषि तथा सहकारी मन्त्रालयद्वारा २ अर्ब २६ करोड खर्च

अनुदानमा पारदर्शी र सुशासन कायम गरेर काम गरेको दाबी

विराटनगर । प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक वर्ष २०७७÷०७८ कूल विनियोजन बजेटमध्ये ८०.१३ प्रतिशत खर्च भएको छ ।

कृषिमा कूल ३ अर्ब ८३ करोड १६ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये चालू आर्थिक वर्षमा २ अर्ब २६ करोड २१ हजार ९२ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्षमा ७२ वटा कृषक आवद्ध भएको सहकारीले मन्त्रालयदेखि अनुदान पाएको प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा झापा, मोरङ र सुनसरीमा पाँच वटा चैते धान तथा मकै ड्रायर केन्द्रको स्थापना भएको जानकारी दिए । झापामा २, मोरङमा २, सुनसरीमा १ गरि ड्राय केन्द्रहरूको लागि मन्त्रालयले ३ करोड ३० लाख ७२ हजार रुपैयाँ अनुदान दिएको छ ।

यस्तै प्रदेशको पाँच जिल्लाको लागि १२ वटा बालि विशेष अन्न भण्डार गृह निर्माणको लागि ४ करोड ९३ लाख ९ हजार रुपैयाँ अनुदान दिएको छ । आठ वटा जिल्लामा प्रोटेक्टेड हर्टिकल्चर प्रवद्र्धन तथा प्रविधि विस्तारको लागि १ करोड ३९ लाख ४७ हजार रुपैयाँ अनुदान दिएइको छ ।

यस्तै झापा, मोरङ, सुनसरी र खोटाङमा सहकार्यमा कस्टम हायरिङ सेन्टर स्थापनाको लागि ३ करोड १४ लाख ८० हजार रुपैयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षमा ५४ करोडभन्दा बढी अनुदान कृषकको घर आँगनमा पुगेको मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले जानकारी दिइन् ।

प्रदेश सरकारले दिएको अनुदानले कृषकलाई आधुनिकीकरण, बजारीकरणमा सहज भएको उनले बताइन् । उनले अनुदानमा पारदर्शी र सुशासन कायम गरेर काम गरेको पनि बताइन् ।

बिहिबार, ३१ असार, २०७८, रातीको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर