साउनमा कक्षा १२ को परीक्षा

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ ।

वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।

परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेकोले विद्यार्थीलाई तयारीमा लाग्न उनले आग्रह गरेका छन् ।

परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिनेछ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।

मङ्गलबार, २२ असार, २०७८, दिउँसोको ०१:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर