बाँदरको परिवार नियोजन गर्न माग

खोटाङ । खोटाङको दिक्तेत रुपाकोट मझुवागढी नगरपालिकाका किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित प्रदर्शन गर्दै बाँदर नियन्त्रणको माग रेका छन् । किसानले बाँदर नियन्त्रणको भरपर्दाे उपाय खोजी गर्न ती कृषिऔजारसहित प्रदर्शन गरेका हुन् ।
जिल्ला सदरमुकामा दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध ¥याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।

र्यालीपछि किसानहरुले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन माग गरे ।

गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको थियो । बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेका अनुसार बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर नियन्त्रण गर्नुपर्ने मागपत्र नगरपालिकालाई बुझाइएको हो ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले सखाब पारेपछि किसानहरु आन्दोलित भएका हुन् । बाँदरको सङ्ख्या बढ्दै गएकाले अन्नपात जोगाउन नसकिएको भन्दै किसानले बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गर्न तथा संख्या बढ्न नदिन परिवार नियोजन गर्न माग गरेका हुन् ।

बाँदरको आतंक बढेपछि नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै गत वर्ष भारतको खुशीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिबाएर बाँदर समातिएको थियो । नियन्त्रणमा लिएको बाँदर निकुञ्जमा लैजानुअगावै समातेर राखेको ठाउँमा मरेपछि सो काम रोकिएको थियो ।

बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण सो समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाज उठाएको हो । नगरपालिकाको १० लाख आर्थिक सहयोगमा गत वर्षको फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको थियो ।

खोटाङका १० स्थानीय तहमध्ये धेरैजसो ठाउँमा बाँदर आतङ्क छ । खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउने बेलाका बालीनालीसमेत बाँदरले विनाश गर्ने गररेको छध । बाँदरले हैरान पारेपछि प्रतिघरधुरी २ रुपैयाँका दरले चन्दा उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताउनुभयो ।

किसानहरुले बाँदरलाई खेदेर दूधकोशी किनारमा रहेको रावाखोला फेदीसम्म पु¥याउने गरेका छन् । बाँदर धपाउन हरेक घरबाट एक जना अनिवार्य खट्नुपर्ने नियम बनाइएको छ । बाँदर मार्न कानूनी अड्चन भएकाले स्थानीय बासिन्दाले यस्तो अभियान चलाएको केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।(रासस)

सोमबार, ०३ चैत, २०७६, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर