विराटनगर । विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज र सानिमा बैंक लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको बिबिएम कोर्ष सञ्चालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका विद्यार्थीलाई इन्टर्नशीप तथा प्लेसमेन्ट, बैंकिङ सम्बन्धि तालिम दिनेलगायतको सहमति भएको हो ।
सानिमा बैंकको तर्फबाट विराटनगरका सहायक ब्राञ्च मेनेजर गायत्रीप्रसाद सुबेदी र रिलेसनशीप अफिसर अभिषेक शर्मा तथा कलेजको तर्फबाट प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्ले र बिजनेस डेभलपमेन्ट प्रमुख विवेक दाहालले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । कलेजका विद्यार्थीहरुलाई पढाइसँगै बैंकिङ सम्बन्धि जानकार बनाउने उद्देश्यले सहमति गरिएको वाग्लेले बताउनुभयो ।
कलेजले उद्योग संगठन मोरङसँग पनि रोजगारी तथा बिभिन्न तालिमको लागि सहमति गरेको छ ।